कलाश्री सम्मान तथा पुरस्कार समर्पण

काठमाडौं । साहित्यिक वृत्तमा विगत डेढ दशकबढी समयदेखि सक्रिय संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कलाकार किरण मानन्धरले आख्यानकार भागीरथी श्रेष्ठलाई नगदराशि एक लाख सहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८०’ प्रदान  गरिएको थियो। ।

सोहीअवसरमा मानन्धरले नगदराशि ७५ हजारसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८०’ कवि कृसु क्षेत्रीलाई, नगदराशि ६० हजारसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८०’ कलाकार सम्झना राजभण्डारीलाई, नगदराशि ५० हजारसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८०’ साहित्यिक पत्रकार अश्विनी कोइरालालाई र ५० हजार नगदराशि सहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८०’ संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरे ।

‘राष्ट्रिय कलाश्री सम्मान २०८०’ बाट सम्मानित व्यक्तित्व साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल अस्वस्थताका कारण अनुपस्थित रहेकाले उनलाई केही समयपछि घरमै गएर उक्त सम्मान समर्पण गरिने जानकारी कार्यक्रममा गराइयो ।

Comments are closed.