दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न

२०७९ कार्तिक, दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा आयोजित एक कार्यक्रममा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान गर्ने दुई जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली वाङ्मयका विशिष्ट साधक प्रा. डा. वासुदेव त्रिपाठीले सम्मान गर्नुभयो । सो अवसरमा आख्यानका क्षेत्रमा कलम चलाउँदै आउनुभएकी जलेश्वरी श्रेष्ठलाई शङ्कर कोइराला आख्यान पुरस्कार२०७९ तथा नेपाली निबन्ध र समालोचनाका क्षेत्रमा स्थापित प्रा. डा. माधवप्रसाद पोखरेललाई कुमार–सरस्वती पुरस्कार २०७९ द्वारा पुरस्कृत एवम् सम्मानित गरिएको थियो । दुवै पुरस्कारको राशि पच्चीस हजार रुपैयाँ रहेको छ ।
उपन्यास, कथा र नाटक विधाका गरी पचास कृतिका सर्जक शङ्कर कोइराला नेपाली साहित्यमा, खैरेनी घाट। जस्तो चर्चित कृति लेख्ने स्वाभिमानी लेखक हुन् भने डा. कुमारबहादुर जोशी महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यकृतिमा पहिलोपटक विद्यावारिधि गर्ने नेपाली समालोचना र निबन्ध विधाका सशक्त हस्ताक्षर हुन्। ।
कार्यक्रममा प्रमुख अतिथि वासुदेव त्रिपाठीले पुरस्कृत स्रष्टाहरूको योगदानको प्रशंसा गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले पुरस्कारका लागि दुबै जना सत्पात्रको चयन गरेको बताउनु भयो ।
कार्यक्रममा शङ्कर कोइराला, डा. कुमारबहादुर जोशी, डा. माधवप्रसाद पोखरेल र जलेश्वरी श्रेष्ठका व्यक्तित्व र योगदानबारे वाल्मीकि विद्यापीठका प्राचार्य तथा समालोचक प्रा. डा.भागवत ढकालले प्रकाश पार्नुभएको थियो । सो अवसरमा पुरस्कृत सष्टाद्वय माधवप्रसाद पोखरेल र जलेश्वरी श्रेष्ठले स्थापित स्रष्टाहरूका नाउँमा स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो ।
यसैगरी कार्यक्रमका सभापति एवम् प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, शङ्कर कोइरालाका सुपुत्र अनिल कोइराला, पुरस्कार संस्थापक तथा कुमारबहादुर जोशीकी अर्धाङ्गिनी सरस्वती जोशी, प्रतिष्ठानका सल्लाहकार रामप्रसाद दाहाल, महासचिव डा. लेखप्रसाद निरौलालगायतले दायित्य वाङ्मय प्रतिष्ठान, पुरस्कृत स्रष्टा एवम् शङ्कर कोइराला र कुमारबहादुर जोशीले नेपाली वाङ्मयका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानबारे चर्चा गर्नुभएको थियो ।
सो अवसरमा दायित्व वाङ्मय प्रतिष्ठानका तर्फबाट कुमार(सरस्वती पुरस्कारकी संस्थापक सरस्वती जोशी र विद्वच्छिरोमणि हेमराज पुरस्कारका संस्थापक प्रकाश ए. राजलाई कदरपत्र प्रदान गरिएको थियो ।


दायित्व वाङ्मय प्रतिष्ठानका संस्थापक तथा कार्यसमिति सदस्य यादव भट्टराईद्वारा सञ्चालित कार्यक्रममा ुदायित्वु को १३८औँ अङ्कको विमोचन गरिएको थियो भने तलेजु प्रकाशनद्वारा प्रकाशित तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा लिखित नाट्यकृति, महर्षि याज्ञबल्क्य, समारोहमा उपस्थित अतिथिहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो ।

 

Comments are closed.