Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

Editorial Team by Editorial Team
June 26, 2022
in Awards, Literature
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

११ अषाढ, काठमाडौँ । नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको सङ्घको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल बैशाख १६ गतेदेखि लेखक दिवस मनाउन शुरुआत गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले ुलेखक दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउनु पर्ने निर्देशन दिने जनाएको छ । भने केन्द्रीय समितिले पनि भव्यताका साथ लेखक दिवस मनाउने तयारीमा जुटेको छ ।
बि.सं. १९८७ सालमा निरङ्कुश राणा शासनको विरुद्ध संगठीत हुन सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई पुस्तकालय पर्वका नामले परिचित छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठीत भएर निरङ्कुश शासक विरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो बिद्रोह थियोे । यस अभियानको क्रममा बि.सं. १९८७ बैशाख १६ ÷१७ गते राज्य द्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाई, दण्ड जरिवाना र जेल चलान गरेको थियोे । स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऎतिहासिक दिनलाई नेपाली लेखक सङ्घले लेखक दिवस मनाउने निर्णय गरेको हो ।
सङ्घका उप–महासचिव श्रीबाबु कार्की ‘उदास’का अनुसार उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षय–कोष स्थापना गर्न सङ्घले आफ्नोतर्फबाट रकम सङ्कलन गर्न शुरु गरेको हो । सो पुरस्कार प्रदान गर्न अक्षय–कोषकालागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम सङ्कलन भएको छ ।
शुरुआतमै निकै उत्साहपूर्वक र स्वतस्फूर्त रकम सङ्कलन भएको अक्षय–कोषमा आगामी दिनमा पनि रकम सङ्कलन हुने जनाइएको छ । विभिन्न शुभेच्छुक संघ र संस्था र व्यक्तिहरूबाट रकम सङ्कलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने सङ्कल्प रहेको नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उद्घोष गर्नुभएको हो । वहाँका अनुसार यो पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गरी स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने जानकारी दिनु भएको छ ।

 

 

 

Advertisement Banner
Previous Post

राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

Next Post

‘Pani Puri’ banned in Nepal’s Kathmandu valley as cholera cases jump to 12

Editorial Team

Editorial Team

Next Post
‘Pani Puri’ banned in Nepal’s Kathmandu valley as cholera cases jump to 12

‘Pani Puri’ banned in Nepal’s Kathmandu valley as cholera cases jump to 12

Recommended

WHO establishes the Global Centre for Traditional Medicine in India

WHO establishes the Global Centre for Traditional Medicine in India

4 years ago

वक्तृत्वकला प्रतियोगिताको छनौट चरण सम्पन्न

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.