साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई

काठमाडौं । साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई दिने निर्णय गरेको छ ।।  बालवाङ्मय तथा अनुसन्धान केन्द्रले “साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९” पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । सो सम्मानअन्तर्गत रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिन्छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ । बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले श्री मानन्धरलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । बैठकले “राकुपा बालवाङ्मय बाल प्रतिभा पुरस्कार”को राशि रू. १० हजार गर्ने निर्णय पनि गरेको छ। सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवम् बालसाहित्यकार प्रा. रामकुमार पाँडेले रू. २ लाख ११ हजार १११/- को अक्षयकोष राखिदिनुभएको छ । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो । पुस्तक छनौट कार्य हुँदै छ ।

Comments are closed.