साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरेको छ ।
सो पुरस्कार राशि रु ३३ हजार ३३३ रहेको छ र नगदको साथमा दोसल्ला र सम्मानपत्र समेत प्रदान गरिन्छ ।
साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद आचार्य पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिस अनुसार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ
उषा शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तक विधामा पुर्‍याएको योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गर्न लागिएको मञ्चले जानकारी गराएको छ ।
स्मरणीय छ, उषा शेरचनको “अक्षरहरुको शिविरबाट”(विसं २०५६) मुक्तक सङ्ग्रह प्रकाशित छ र उनी निरन्तर मुक्तक विधामा सकृय छिन् ।

Comments are closed.