मकवानपुर, २०८१ बैशाख, साहित्य सङ्गम मकवानपुरले वर्ष २०८० भित्र पुस्तक प्रकाशन गराएका लेखकहरूलाई एकै मञ्चमा सम्मान गरेको छ ।
सम्मानित स्रष्टाहरूको पुस्तक र नामावली यसप्रकार रहेको छः १) माटोको मोह- तुलसी घिमिरे, २) महाकाश- मुना अर्याल, ३) अकिञ्चनका आर्तहरू- देवराज खरेल, ४) घुम्दै फिर्दै- जनार्दन खनाल, ५) अनुत्तरित प्रश्न- समीर पाख्रिन, ६) जुनेली- पुरूषोत्तम आचार्य, ७) बैङ्किङ क्षेत्रमा बढेका पाइलाहरू- सुदर्शन अधिकारी, ८) अन्तर्दृष्टि- किशन पौडेल, ९) व्यथाभित्रको कथा- श्यामप्रसाद श्रेष्ठ, १०) म कथा भन्छु नि ल- सिएम रिमाल, ११) हार्न नसक्ने मान्छे म- गणेशकुमार तिमल्सिना, १२) प्रारम्भिक संस्कृत व्याकरण- उदिम पन्त, १३) पल्लवित पाइला- कृशु अर्याल, १४) मेकिङ इट इजी- आदर्श पौडेल ।
साहित्य सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको कार्यक्रममा कान्छी स्रष्टाका रूपमा अनुशुया खनालले बालोरी छन्दको कविता वाचन गर्नुभयो । राजबहादुर बुढा, राजकुमार चौधरी, एलिजा ढकाल, ऋषिराम पाण्डे, स्वस्तिका दाहालले कविता वाचन गर्नु भयो भने मसान उपासक, देवराज तिवारीले र देवराज खरेलले गजलका साथै सुबास सजलले मुक्तक वाचन गर्नुभयो ।
सम्मानित स्रष्टाहरूले रचना वाचन तथा मन्तव्य राख्नु भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कार्यक्रम आयोजकहरूले समय व्यवस्थापन र उद्देश्यअनुरूप कार्यक्रमलाई छोटो छरितो बनाउनु आग्रह गर्दै सम्मानित स्रष्टाहरूलाई शुभकामना दिनुभयो ।
प्रमुख अतिथि नवराज अर्यालले पुस्तक प्रकाशन गराएका स्रष्टाहरूलाईज्ञ सम्मान गर्ने परम्पराले अन्य पुस्तक लेखन र प्रकाशनमा हौसला मिल्ने जानकारी दिनुभयो ।
सभाध्यक्ष तथा सङ्गमका अध्यक्ष डीबी बर्तौलाले सम्मानित स्रष्टाहरूलाई सम्मान गर्ने अघिल्लो कार्यसमितिदेखिको परम्पराले निरन्तरता पाएको, सम्मान कार्यक्रमलाई हेटौँडा १८ का लक्ष्मण भुजेलले आर्थिक सहयोग गर्नु भएको, लेखक गणेशकुमार तिमल्सिनाले ५० प्रति पुस्तक सहयोग प्रदान गर्नुभएको बताउनुभयो ।
यस्तै उहाँले विधान संशोधनका क्रममा रहेको बताउँदै हालको कार्यसमितिमार्फत् सहयोग सङ्कलन गरिएको रू. ४ लाख ५० हजार रुपैयाँ साइराम बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको जानकारी दिनुभयो ।
Comments are closed.