‘विश्वज्योति काव्य सम्मान’ स्थापना

नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील एपेक नेपालले ‘विश्वज्योति काव्य सम्मान’ स्थापना गरेको छ। एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा हिजो बैशाख ७ गते बसेको संस्थाको बैठकले हालै असामयिक निधन भएकी संस्थाका संरक्षक ज्योति श्रेष्ठप्रति सम्मान प्रकट गरेर उक्त सम्मान स्थापना गरेको हो।
ज्योति श्रेष्ठ एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी हुन्, जसको २०८१ शुरू भएकै दिन उपचारका क्रममा निधन भएको थियो।
बैठकले संरक्षक ज्योति श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।

Comments are closed.