कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण

काठमाडौँ, १४ पुस २०८० । कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आज शंखमूलस्थित अवारनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच सो सम्मान अर्पण गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि मञ्जुलले सो पुरस्कार हस्तान्तरण गरे । चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सिता भण्डारी कँडेलले आफ्ना स्वर्गीय सुपुत्र प्रसिद्ध कँडेलको नाममा सो पुरस्कार स्थापना गरेका हुन् । २०७४ सालमा स्थापित यो सम्मानको राशी ११ हजार १ सय ११ रहेको छ ।

Comments are closed.