२०८१ मङ्सिर १३, काठमाडौं । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँ र सम्पूर्ण नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई एस एस फाउन्डेशनको तर्फबाट अध्यक्ष मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघको तर्फबाट अध्यक्ष राधेश्याम लेकाली, उप्रेती सेवा समाजका तर्फबाट कोषाध्यक्ष खेम उप्रेती र वस्याल – राउत फाउन्डेसन (अमेरिका) को तर्फबाट प्रतिनिधि हेम पाठकबाट बधाई पत्रसहित सम्मान गरियो । गीतकार एवं समाजसेवी शोभित उप्रेतीले कार्यक्रममा सहजीकरण गर्नु भएको सो कार्यक्रममा कलाकार, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । सोसाइटीको कार्यसमितिको अन्य पदाधिकारी र सदस्यहरुमा प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल निर्वाचित हुनुभएको छ । यसैगरी सोसाइटीको सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनु भएको छ । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ .
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.