Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई

Editorial Team by Editorial Team
July 4, 2022
in Awards, Literature
0
महालक्ष्मी साहित्य पुरस्कार मुकारुङ्ग र पत्रकारिता पुरस्कार दाहाललाई
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सिधाखबर र मातृभुमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी सहित्य पुस्स्कारबाट यो वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरीने भएको छ ।

भाषा,साहित्य कला र संस्कृतिको संरक्षण एवम संवद्र्धनको हेतुले विस २०५६ सालदेखी स्थापना गरीएको यो पुरस्कारको राशि ५१ हजार रहेको छ । यो पटकको विसौं पुरस्कारलाई आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरीएको हो ।

मातृभुमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकाश बैंक लिमिटेडको संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार घोषणा गर्दै आगामी असार २४ गते हेटौडामा एक कार्यक्रमको आयोजना गर्दै साहित्यकार मुकारुङ्गलाई प्रदान गरीने मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले बताउनु भयो ।

यस्तै मातृभुमि साहित्य समाज मकवानपुरको संयोजन व्यवस्थापनमा ईश्वर मैनालीद्धारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट यो वर्ष मकवानपुरमा लामो समय देखी पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार राममणि दाहाललाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशी ७ हजार ५ सय रहेको अध्यक्ष पोख्रेलले बताए । दाहाल गोरखापत्रमा आवद्ध रहेका छन् ।

पत्रकार सम्मेलनमा महालक्ष्मी विकाश बैंकका हेटौडा शाखा प्रमुख शम्भु प्रसाद पराजुलीले बैंकको सामाजिक उत्तरदायित्व रुवरुप साहित्य कला संगीत तथा पत्रकारिता क्षेत्रका व्यक्तिहरुलाई हौसला प्रदान गर्न पुरस्कार प्रदान गरीदै आएको बताए ।

उनले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवम संबद्र्धन र साहित्यको श्रीवृद्धिमा निरन्तर काम गर्ने समेत बताएकाछन् । पत्रकार सम्मेलनमा समाजका संस्थापक अध्यक्ष हयग्रिव आचार्य, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,पुर्व अध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिती रहेको थियो ।

 

Advertisement Banner
Previous Post

राष्ट्रव्यापी सङ्गीत प्रतियोगिता सम्पन्न:विजेताहरुलाई पुरस्कृत

Next Post

SteelAsia Chooses Tenova for its Green Technology to Promote Sustainability

Editorial Team

Editorial Team

Next Post
SteelAsia Chooses Tenova for its Green Technology to Promote Sustainability

SteelAsia Chooses Tenova for its Green Technology to Promote Sustainability

Recommended

To boost tourism, Nepal has eased travel restrictions for fully vaccinated international tourist

To boost tourism, Nepal has eased travel restrictions for fully vaccinated international tourist

4 years ago
गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

1 week ago

Don't Miss

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

March 26, 2026
Good governance and economic restructuring government’s priority, asserts Dr Wagle

Good governance and economic restructuring government’s priority, asserts Dr Wagle

March 26, 2026
Balendra Shah takes oath of MP, donning ‘Silam Sakma’ badge

Balendra Shah takes oath of MP, donning ‘Silam Sakma’ badge

March 26, 2026
Balen Shah registers candidacy from Jhapa-5

Balen Shah elected RSP parliamentary party leader

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.