विराटनगर ‘दधिराज सुवेदी’पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी लामो समय रेग्मीले दिनुभएको योगदानका लागि यस पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको छ ।
यसै गरि प्रतिष्ठानले दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा विशेष योगदान दिनुभएका मोरङ्कका वरिष्ठ पत्रकार न्यौपानेलाई पुरस्कार राशि २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको हो ।
समालोचक प्राज्ञ दधिराज सुवेदीका छोरा शरदराज सुवेदी र रूपकराज सुवेदीले राख्नुभएको १५ लाख रुपियाँ अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । यस वर्षको पुरस्कार आउने मङ्सिरमा कार्यक्रम गरिप्रदान गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.