‘आरआरआर’लाई ‘गोल्डेन ग्लोब’मा अवार्ड

काठमाडौं, । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले अमेरिकामा जारी ‘गोल्डेन ग्लोब अवार्ड’मा उपलब्धि हासिल गरेको छ । फिल्मको ‘नाटुनाटु’ गीतले कार्यक्रममा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको हो ।

फिल्म आरआरआर अहिले ओस्कर दौडमा छ । राजामौली आफ्ना सह–कलाकारहरू राम चरण तेज र जूनियर एनटीआरसँग गोल्डेन ग्लोब अवार्डमा पुग्नुभएकाे हाे ।

साउथ सुपरस्टार चिरञ्जीवीले ‘आरआरआर’को यो उपलब्धि ऐतिहासिक रहेको बताउनुभयो ।

Comments are closed.