साहित्यकारद्वय भागिरथी श्रेष्ठ र मञ्जुल सम्मानित हुँदै

नेपाल निजामती कर्मचारी संगठन केन्द्रले भानु जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा स्रष्टाहरु भागिरथी श्रेष्ठ र मञ्जुल ‘स्रष्टा सम्मान’ गरिने भएको छ ।
भानु जयन्ती एवं मनोज –झपेन्द्र –सुरेन्द्र स्मृति दिवस २०८० को सन्दर्भमा हुने उक्त ‘स्रष्टा सम्मान’प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।
सो अवसरमा खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न हुनेछ जसमा छानिएका उत्कृट १५ वटा कविका कविताहरु वाचन हुनेछन् । लाई छनोट समितिले छनोट गरेको छ ।

सम्मानित हुने भागिरथी श्रेष्ठ विसं २००५ असोज १४ गते रिडी बजार गुल्मीमा जन्मेकी हुन् । उनको पहिलो रचना कथा “प्रवल चाहना” विसं २०२३ सालमा प्रकाशित भएको थियो । उनी n n b nhhhbbhb उनका उपन्यासहरु मालती(२०३४), यस्तो एउटा आकाश(२०४६), कथा सङ्ग्रहहरु क्रमसः(२०४२)मोहदँश (२०४४)बिभ्रम(२०५०), भूमिगत(२०६३), रातो गिलाफ(२०६५), लघुकथा सङ्ग्रह(रङ्गिन पोखरी) २०५० लगायत कृतिहरु प्रकाशित छन् । उनका कथाहरुको अङ्ग्रेजी अनुवाद समेत प्रकाशित छ ।

सम्मानित हुने अर्का प्रतिभा मञ्जुल विसं २००३ साल फागुन २४ गते गोगने भोजपुरमा जन्मेका हुन् । उनको पहिलो रचना २०१७ सालतिर प्रकाशित भएको थियो । उनका कविता सङ्ग्रहहरु गायक यात्री(ईशं १९८३), मञ्जुलका नयाँ कविताहरु(ईशं १९८८), चोकटी कविता(ईशं १९८८), मृत्यु कविता (ईशं १९८८), गाउँका दृष्यहरुमा बाँधिएर (ईसं १९९९), यात्रा संस्मरणहरु सम्झनाका पाइलाहरु(बिसं २०४५), जाने होइन दाई आलापोट(ईसं १९८९), उपन्यास छेकुडोल्मा (विसं २०२६) लगायत कृतिहरु प्रकाशित छन् ।

Comments are closed.