विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

काठमाडौं, साउन २ । किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा किरात एकेडेमी कृति पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
प्राप्त कृतिमध्येबाट सातवटा कृति सूचीकृत गरिएकोमा यस पटक विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङ्मय ९वाङमयिक अनुसन्धान० र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहास ९इतिहास० लाई छनोट गरिएको एकेडेमीले जनाएको छ ।

Comments are closed.