Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

Editorial Team by Editorial Team
July 19, 2022
in Book Releases, Literature
0
विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुली लगायतले उक्त कृति सार्वजनिक गर्नुभयो । अधिकारीले यस कृतिमा संस्कृत भाषाका महाकवि कालीदासको काव्यकृति मेघदूतको व्याख्यासहित नारी–पुरुष प्रेमका प्रसंगहरू प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलको समालोचनाहरूको संग्रह ‘पाठकीय संदृष्टि’माथि परिचर्चा गरियो । कार्यक्रममा डा. फणिन्द्रराज निरौलाले ‘पाठकीय संदृष्टि’ समालोचनासंग्रह भए पनि कृति आत्मपरक निबन्धजस्तो लाग्ने उल्लेख गर्नुभयो ।

समालोचना गर्दा समालोचक तटस्थ नबसेकोमा उहाँको गुनासो थियो ।

डा. दीनबन्धु शर्माले समालोचकीय कृतिलाई उत्तरआधुनिकतामा राख्नु पर्ने भन्दै समालोचनामा विधा भञ्जन भएको बताउनुभयो । उहाँले पुस्तकको भाषा शैली स्वादिलो भए पनि प्रस्तुतिकरण सच्याउनुपर्ने भन्दै खरो टिप्पणी गर्नुभयो ।

प्रा.डा. कुमारप्रसाद कोइराला, डा. शैलुन्दुप्रकाश नेपालले समालोचना परम्परागत नभइ फरक स्वादमा आएको बताउनुभयो ।

श्रीओम श्रेष्ठ रोदनले संख्या जुलुसमा मात्रै काम लाग्ने तर साहित्यमा काम नलाग्ने भन्दै लेखकले पुस्तकको संख्या बढाउनुभन्दा पुस्तकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राजकुमार बानियाले नेपाली साहित्यमा हरियाली छाएको तर त्यो घना रूख नभएर घाँसफुसमात्रै भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा भूपराज धमला, खेमराज पोखरेल, कुमार खनाल, राजेश खनाल, विश्वराज अधिकारी, लक्ष्मीनारायण भट्टराई, केदार आचार्य, ज्ञाननिष्ठ ज्ञवाली, राजेन्द्रमान डंगोल, श्रीओम श्रेष्ठ रोदन, शैलुन्दु नेपाल, मुरली अधिकारी, फनिन्द्र निरौला, डा. दीनबन्धु शर्मा, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।

Advertisement Banner
Previous Post

In Dhangadhi, Nona Deprez, Ambassador of the EU to Nepal interacts with child club members

Next Post

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

Editorial Team

Editorial Team

Next Post
विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

विप्लव ढकाल र राजकुमार दिक्पालका कृति पुरस्कृत

Recommended

IMF Executive Board Approves Establishment of the Resilience and Sustainability Trust

IMF Executive Board Completes Review of the Fund’s Policies on Sovereign Arrears and Related Perimeter Issues

4 years ago
प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

5 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.