काठमाडौँ — फिल्म निर्देशक सिन बेकर ९७ औं संस्करणको ओस्कर (एकेडेमी) अवार्ड समारोहमा सर्वाधिक पुरस्कार हात पार्ने व्यक्ति बनेका छन् । फिल्म ‘अनोरा’ले ५ वटा विधामा– उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथाको अवार्ड पाउँदा बेकरको पोल्टामा अभिनेत्री मिकी मेडिसनको अवार्ड छाडेर ४ वटा ओस्कर अवार्ड परेका हुन् ।बेकरले लेखन, निर्देशन, सम्पादन र उत्कृष्ट फिल्म गरी चार विधामा यो वर्षको ओस्कर पुरस्कार हात पारे ।यसअघि सन् १९५३ मा सम्पन्न २६औं ओस्करमा वाल्ट डिज्नीले पनि बेकरलेजस्तै एकै रात चार अवार्ड हात पारेका थिए । यद्यपि, बेकरले एउटै फिल्मबाट चार अवार्ड प्राप्त गरेका हुन् भने डिज्नीले फरकफरक फिल्ममा लागि चारवटा ओस्कर अवार्ड पाएका थिए ।यस वर्ष ‘द ब्रुटलिस्ट’ ले तीन अवार्ड जित्यो भने ‘विकेड’, ‘डुन:पार्ट २’ र ‘एमिलिया पेरेज’ले दुई-दुई अवार्ड प्राप्त गरे । फिल्म ‘एमिलिया पेरेज’ले उत्कृष्ट सहायक अभिनेत्री र उत्कृष्ट मौलिक गीत गरी दुई पुरस्कार जितेको हो । विकेडले उत्कृष्ट प्रोडक्सन डिजाइन र उत्कृष्ट कस्ट्युम डिजाइनका लागि दुई ओस्कर पाएको हो । डुन: पार्ट २ ले उत्कृष्ट ध्वनि र उत्कृष्ट दृश्य प्रभाव गरी दुई विधामा ओस्कर पाएको हो र
कोनन ओ’ब्रायनले होस्ट गरेको ओस्कर समारोह चार घण्टासम्म चलेको थियो । जसमा विभिन्न विधामा उत्कृष्ट हुनेहरूको सूची यस प्रकार छ :
उत्कृष्ट चलचित्र: अनोरा
उत्कृष्ट निर्देशक: सिन बेकर (अनोरा)
उत्कृष्ट अभिनेता: एड्रियन ब्रुडी (द ब्रुटलिस्ट)
उत्कृष्ट अभिनेत्री: मिकी मेडिसन (अनोरा)
उत्कृष्ट सहायक अभिनेता: किरन कल्किन (अ रियल पेन)
उत्कृष्ट सहायक अभिनेत्री: जो साल्डाना (एमिलिया पेरेज)
मौलिक पटकथा: अनोरा
एडाप्टेड स्क्रिनप्ले : कनक्लेभ
एनिमेटेड फिचर: फ्लो
उत्कृष्ट प्रोडक्सन डिजाइन: विकेड
उत्कृष्ट कस्ट्युम डिजाइन: विकेड
सिनेमाटोग्राफी: द ब्रुटलिस्ट
सम्पादन: अनोरा
मेकअप र हेयर स्टाइलिङ: द सब्सटेन्स
ध्वनि : डुन: पार्ट २
दृश्य प्रभाव: डुन: पार्ट २
मौलिक गीत : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री फिचर: नो अदर ल्यान्ड
अन्तर्राष्ट्रिय फिचर : आई एम स्टिल हियर, ब्राजिल
एनिमेटेड सर्ट: इन द स्याडो अफ द साइप्रेस
डकुमेन्ट्री सर्ट: द ओन्ली गर्ल इन द अकेस्ट्रा
लाइभ-एक्सन सर्ट: आई एम नट अ रोबोट
Comments are closed.