बैंगलोरले राजस्थानलाई दियो १७२ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १७२ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन जोडेको हो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, ग्लेन म्याक्सवेलले ३३ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले । विराट कोहलीले १९ बलमा १८ रन जोड्दा अनुज रावत ११ बलमा २० रनसहित अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् ।

बलिङतर्फ राजस्थानका लागि एडम जाम्पा र केएम आसिफले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट लिए ।

Comments are closed.