काठमाडौं । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ।
आज पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।







