Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनद्वारा जापानी सी–फुडको आयातमा प्रतिबन्ध

चिनियाँ नागरिकलाई जापान यात्रा नगर्न चिनको अनुरोध

Editorial Team by Editorial Team
November 20, 2025
in News, World
0
चीनद्वारा जापानी सी–फुडको आयातमा प्रतिबन्ध
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- जापानी प्रधानमन्त्री सानाई ताकाइचीले ताइबानबारे दिएको टिप्पणीपछि टोकियो र बेइजिङबिच सुरु भएको कूटनीतिक विवाद थप गहिरिँदै गएको छ । यसबिच चीनले जापानी समुद्री खाना (सी–फुड)को सबै आयातमा पुन: प्रतिबन्ध लगाएको जापानी मिडियाले लेखेका छन् ।
जापानी सरकारी प्रसारक एनएचके र क्योडो समाचार एजेन्सीका अनुसार चीनले यसअघि लगाएको जापानी सी–फुडमाथिको प्रतिबन्ध यसै महिनाको सुरुमा मात्र हटाइएको थियो । सन् २०२३ मा जापानको क्षतिग्रस्त फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधित रेडियोधर्मी पानी समुद्रमा छाडेपछि बेइजिङले जापानी सी–फुडमाथि प्रतिबन्ध लगाएको थियो ।
यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै क्योडो समाचारले लेखेअनुसार चीनले जापानी अधिकारीसँग सम्पर्क गरेर फुकुसिमाबाट प्रशान्त महासागरमा छोडिएको पानीको थप छानबिन गर्न आवश्यक भएकाले पुन: प्रतिबन्ध लगाउनुपरेको जानकारी दिएको छ । आधिकारिक तथ्यांकअनुसार जापानको सी–फुडको कुल निर्यातको २० प्रतिशत हिस्सा चीन एक्लैले खरिद गर्छ ।
जापानी प्रधानमन्त्री ताकाइचीले नोभेम्बर ७ मा संसद्लाई सम्बोधन गर्ने क्रममा ताइबानमा चिनियाँ आक्रमण भए टोकियोले सैन्य प्रतिक्रिया जनाउन सक्ने बताएकी थिइन् । ताकाइचीको टिप्पणीप्रति चिनियाँ अधिकारी र सरकारी मिडियाले खरो आलोचना गरिरहेका छन् ।
यसअघि बेइजिङले चिनियाँ नागरिकलाई जापान यात्रा नगर्न सल्लाहसमेत दिइसकेको छ । सरकारी सल्लाहबिच चिनियाँ पर्यटकको संख्या घट्न थालिसकेको जापानी मिडियाले बताएका छन् ।
उता बेइजिङले ताकाइचीलाई आफ्नो टिप्पणी फिर्ता लिन माग गरेको छ, जसलाई टोकियोले खण्डन गरेको छ । तथापि, दुई देशबिच विवाद कम गर्न कूटनीतिक प्रयास पनि भइरहेको छ । एसिया प्रशान्त क्षेत्रका लागि जापानी विदेश मन्त्रालयका शीर्ष अधिकारी मासाकी कानाई मंगलबार नै बेइजिङ पुगेर आफ्ना चिनियाँ समकक्षी लिउ जिनसोङसँग भेटवार्ता गरेका थिए ।

Advertisement Banner
Previous Post

बाराको सिमरा आज पनि अशान्त

Next Post

Taslima Nasrin has opposed the hanging of Hasina

Editorial Team

Editorial Team

Next Post
Taslima Nasrin has opposed the hanging of Hasina

Taslima Nasrin has opposed the hanging of Hasina

Recommended

  Import of mobile phones has been decreased by almost 50% in Nepal after new rule

  Import of mobile phones has been decreased by almost 50% in Nepal after new rule

4 years ago
रम्बास् कविता:चुरा

रम्बास् कविता:चुरा

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.