Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

Editorial Team by Editorial Team
June 20, 2022
in Book Releases, Literary Festival & Event, Nepal
0
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

४अषाढ, काठमाडौँ, ‘विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले’ २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो । श्रष्टाहरू राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,संगीतकार हरिशरण शायमी र बाल कथाकार निर्मला बराललाई सम्मान गरिउको छ । कार्यक्रममा गीत सार्वजनिक एवम विभिन्न श्रष्टाहरूद्वारा सुन्दर सृजनाहरू वचन गरिएका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले प्रमुख अतिथिको आसन बाट बोल्दै विविध शिर्षक दिएर संस्थाले महत्वपूर्ण अनि भव्य कार्यक्रम गरेकोमा आफूलाई हर्ष लागेको कुरा व्यक्त गर्दै आदिकविको २०९ औं जन्म जयन्तिको पावन अवसरमा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको कृति विमोचन, श्रष्टा सम्मान र सृजना वाचन कार्यक्रम आफैँमा सुन्दर पक्ष भएको र यसले भाषिक उत्थानमा ठूलो टेवा पुग्ने कुरा बताउनु भयो ।
संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति गोपीकृष्ण प्रसाईले उपस्थित सम्पूर्ण अतिथिहरू एवम साहित्यप्रेमी महानुभावहरूलाई हार्दिक स्वागत गर्नु भयो । प्रसाईले याक्सो दुर दराजको तपस्यारत कर्मयोगी भएको टिप्पणी गर्दै आदिकवि भानुभक्त आचार्य नेपाली भाषा अनि साहित्यको विराट व्यक्ति भएको र उनले रामायण अनुवादको अलवा अरू मौलिक कृतिहरू सृजना गरेर नेपाली भाषा, साहित्य संस्कृति, चेतनाको विकास अनि भाषिक उन्नयनमा अतुलनीय योगदान दिएको कुरा बताउनु भयो ।
विमोचित कृति ‘जीवन एक परिभाषा अनेक।’ कृति माथि समीक्षा प्रस्तुत गर्ने शिलशिलामा डा.फणीन्द्रराज निरौलाले आफ्नो अभिमत राख्दै निबन्ध आत्मपरक अनि वस्तुपरक हुन्छन् (लक्ष्मी प्रसाद देवकोटाका निबन्धहरू आत्मपरक अनि समका निबन्ध वस्तुपरक हुन अनि हर्क याक्सोको यो निबन्ध कृति वस्तुपरक हो भनेर टिप्पणी गर्नु भयो ।
कृतिकार हर्क याक्सोले आफ्नो मन्तव्य दिने क्रममा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आफ्नो कृति विमोचन गर्ने वातावरण मिलाइदिएकोमा संस्थालाई धेरै धेरै धन्यवाद दिनु भयो ।
यसै गरि संस्थाले साहित्यकार द्वय राजन न्यौपाने श्रीयम र सरस्वती गौतम, समृद्धिलाई विश्व नेपाली भानु शिखर सम्मान(२०७९,बाल साहित्यकार निर्मला बराललाई विश्व नेपाली भानु शिखर सम्मान(२०७९ र संगीतकार हरिशरण सायमी लाई विश्व नेपाली भानु शिखर संगीत सम्मान(२०७९ द्वारा सम्मान गरेको छ ।
संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित श्रष्टाहरूको परिचय प्रस्तुत गर्नु भएको थियो, वहाँले साहित्य एवम संगीतमा निरन्तर साधनरत श्रष्टालाई सम्मानित गर्न पाउँदा संस्था गौरवान्वित भएको अभिमत राख्दै सम्मान पत्रहरू पढेर सुनाउनु भएको थियो ।
सम्मानित श्रष्टाहरूको तर्फ बाट आफ्ना उम्दा विचारहरू राख्दै साहित्यकार राजन प्रसाद न्यौपाने(श्रीयम) र हरिशरण सायमीले संस्थाले सम्मान गरेर आफूहरूलाई अझ राम्रा कामहरू गर्दै अघि बढ्न झक्झक्याएको कुरा अभिव्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व सभासद एवम् नेकपा माओवादी केन्द्र,्जेष्ठ कम्युनिष्ट मन्चका अध्यक्ष नन्दकुमार प्रसाईं, पूर्व रा.पं.स दीर्घराज प्रसाईं, पूर्व निर्वाचन आयुक्त एवम राजदूत डा. रामभक्त ठाकुर, पूर्व राजदूत प्रह्लादकुमार प्रसाईं, पूर्व राजदूत टंक कार्की, वरिष्ठ कलाकार,रंगकर्मी एवम समाजसेवी मदनदास श्रेष्ठ, प्राज्ञ डा.उषा ठाकुर, विराटनगर महानगरपालिकाका पूर्व प्रधानपन्च धु्रबनारायण श्रेष्ठ, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, कामनपा २९ का अध्यक्ष कुश ढकाल, प्रसाईं कल्याणकारी कोष केन्द्रिय कार्य समितिका उपाध्यक्ष श्रीकृष्ण प्रसाईं, अनेसासका पूर्व केन्द्रिय अध्यक्ष एवम गीतकार ज्ञानेन्द्र गदाल, जेष्ठ नागरिक आमा दिलमाया श्रेष्ठको विशेष अतिथिको रूपमा सारगर्भित उपस्थिति रहेको थियो ।
कार्यक्रममा धेरै संघ,संस्थाका प्रतिनिधि, पूर्व प्रशाशक, शिक्षक, पत्रकार, समाजसेवी एवम सर्जकहरूको उपस्थिति रहेको थियो।अतिथिको रूपमा पाल्नु हुने महानुभावहरू क्रमस पूर्व जिशिअ खगेन्द्र प्रसाईं, सरस्वती हांगपांग(ताप्लेजुङ) का पूर्व प्रधानाध्यापक हर्कशेर आंगबुहांग,विजय स्मारक मावि(काठमाण्डौ) का पूर्व प्रधानाध्यापक सोम निरौला, आरम्भ साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओली ढकलपुरे, जेष्ठ नागरिक कामपा २९ का अध्यक्ष धु्रव केसी,घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रवीण ओझा, सामुदायिक सेवा केन्द्र,सामुदायिक प्रहरी सेवा घट्टेकुलोका सहसचिव धु्रव प्रसाईं, राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य धु्र्रवराज तिवारी,कामनपा २९ वडाका सदस्य अनिल बाबु श्रेष्ठ, संगीतकार एवम गायक जीवन श्रेष्ठ,ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठ, प्रसिद्ध लेखक एवम इतिहासकार राजेश्वर थापा, भानु मावि(ताप्लेजुङ)का पूर्व प्रधानाध्यापक तुलाराम गुरूङ, राजनीतिज्ञ एवम समाजसेवी दंगध्वज खोयाहाङ, साहित्यप्रेमी एवम समाजसेवी कृष्णमान श्रेष्ठ,साहित्यकार एवम समाजसेवी खोमदत्त बराल, याक्सो एकता समाजका अध्यक्ष विष्णु कुमार याक्सो,सरस्वती मावि हांगपांग (ताप्लेजुङ)का पूर्व शिक्षक तक्दिरराज प्रसाईं, समाजसेवी एवम साहित्य अनुरागी बिजेन प्रधानांग,पूर्व प्राज्ञ माधव प्रधान,पत्रकार घनश्याम ओली,कवि एवम साहित्यकार मुकुन्द प्रसाईं, साहित्यकार डिआर राई,पूर्व शिक्षक एवम समाजसेवी शान्ति हेजु, नोबेल साकोस साहित्य संस्थाकी महासचिव सुशीला ढकाल अधिकारी लगायतका हुनुहुन्थ्यो ।
त्यसै गरि कार्यक्रममा संस्थाका सदस्यहरू क्रमस सल्लाहकार किशोर उप्रेती,उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाईं,सचिव कोपिला शिवाकोटी,सह कोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ,बरिष्ठ सदस्यहरू क्रमस राधिका दाहाल, कल्पना प्रसाईं पाठक,तिर्थराज दाहालको सारगर्भित उपस्थिति रहेको थियो।
संस्थाका अजीवन एवम सक्रिय सदस्यहरू क्रमस सीता प्रसाईं,कमल प्रसाईं,सीता अर्चना पौडेल,रश्मि रिमाल,नरहरि खरेल, भिष्मराज थपलिया, पवन कुमार प्रसाईं, आयुब बांस्तोला आदिको पनि सारगर्भित उपस्थिति रहेको थियो।
कार्यक्रममा साहित्यकार शान्ति याक्सो वन,बुद्धि आचार्य, ऐश्वर्य श्रेष्ठ, अमन दास, दुर्गा मैनाली, देबीदास भट्टराई, युवराज पौडेल, राम घिसिङ, विष्णु शर्मा पौडेल, लोकनाथ पौडेल,खेम गौतम,निता खड्का, लोकराज जोशी,सुशिला केसी, डा।धिरज प्रसाईं, प्रनिता मिश्र प्रसाईं, साहित्यकार कल्पना अधिकारी लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
यसै कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतीको गीत ‘बेनामी सर्त मीठो’ स्क्रीनबाट सार्वजनिक गरियो । हरिशरण सायमीको संगीत रहेको उक्त गीतमा प्रशान्त सुवेदी र रत्न शोभा महर्जनले आफ्नो स्वर दिनु भएको थियो ।
कोपिला शिवकोटीले नेपाली हामी रहौंला कहाँ भन्ने गीतमा आफ्नो स्वर दिनु भएको थियो ।
सृजना वाचन गर्ने श्रष्टाहरू क्रमस कल्पना प्रसाईं पाठक,कल्पना अधिकारी,सीता अर्चना पौडेल ,शुभम दाहाल र मुकुन्द प्रसाई हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि के.के कर्माचार्य, कृतिकार हर्क याक्सो र पुस्तक समीक्षक फणीन्द्रराज निरौला लगायत संस्थाको बृहत् हितमा काम गर्ने व्यक्तिहरू, सर्जकहरू अनि सृजनशील व्यक्तिहरूलाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो । जसमा किशोर उप्रेती, तेजेन्द्र प्रसाई, दुर्गा सिटौला, कल्पना प्रसाई पाठक, कोपिला शिवाकोटी, बिनोदकुमार श्रेष्ठ, तिर्थराज दाहाल,पवन कुमार प्रसाईं, सीता अर्चना पौडेल, आदि हुनुहुन्थ्यो ।

Advertisement Banner
Previous Post

लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न तथा स्टेशनरी सामान हस्तान्तरण

Next Post

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

Editorial Team

Editorial Team

Next Post
नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

नेपालमा भारतका चित्रकार सञ्जय र सञ्जिदाको कला प्रदर्शनी

Recommended

International Cricket Council (ICC) lifted the control funding imposed on Nepal

CAN decided to postpone the Triangular One-Day Series scheduled to be held in Nepal

7 months ago
साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

साहित्यकार ज्ञानु पाण्डेको निबन्धसंग्रह‘जीवनको अभिनन्दन’ सार्वजनिक

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.