Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

Editorial Team by Editorial Team
June 3, 2022
in Awards, India, Literature
0
भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ १५, २०७९ दार्जिलिङ —कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भानुपाला नाट्य वेलफेयर एसोसिएसनले ‘नाटकवाला’ नामक दुईदिने नाट्य उत्सव गरेको थियो । यसै अवसरमा एसोसिएसनले नाट्य क्षेत्रका मिथ बनिसकेका मनबहादुर मुखियालाई पहिलो भानुपाला नाट्य रत्न पुरस्कार प्रदान गरेको हो । कालेबुङका विधायक रुदेन लेप्चाले मुखियालाई सल ओडाए, हातमा मायाको चिनो दिएर सम्मान प्रदान गर्दै उक्त पुरस्कार प्रदान गरेका थिए ।

दर्शकदीर्घामा ललित गोले, चुन्निलाल घिमिरे, देवराज शेर्पा, मोहन–पुकार, मेनुका प्रधान, कमला लेप्चा, जीवन गुरुङ, पी. अर्जुनलगायतका दार्जिलिङका जानेमाने नाट्यकर्मीहरू रहेका थिए ।
‘अनि देउराली रुन्छ मञ्चन गरेको अर्धशताब्दी पुग्यो । जुन माटोमा म नाटकवाला बनेको थिएँ, त्यही माटोमा उभिएर यो सम्मान ग्रहण गरिरहेको छु,’ मुखियाले भने, ‘यो मलाई दिएको पुरस्कार होइन; यो हामी सबै नाटकवालाहरूलाई दिएको सम्मान हो ।’
आफू काठमाडौं बसे पनि उनको मन दार्जिलिङकै चियाबगान, पहाड, कन्दरातिर डुलिरहने उनले बताए । ‘काठमाडौंले त नाटकलाई दर्शकको पहिलो छनोट बनाइसकेको छ,’ उनले सुनाए, ‘अब दार्जिलिङले पनि पुरानो गरिमा फर्काउन उस्तै मेहनत गर्नैपर्छ ।’

उत्सवमा सिलगढीका कलाकारहरू राजु शासङ्करको लेखन/निर्देशन रहेको ‘समय अनि बाध्यता’, पार्थो चौधुरीको लेखन/निर्देशन रहेको ‘आखरी इनाम’, रणजीत सिंहको लेखन÷निर्देशन रहेको ‘ममता’, अरुण प्रकाश राईको लेखन/निर्देशन रहेको ‘कुर्सी राजाको खेल’‚ अमजद प्रवेज र घिमिरे युवराजको लेखन÷निर्देशन रहेको ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन गरिएको थियो ।
यसै अवसरमा सिक्किम, कालेबुङ र काठमाडौंका नाट्यकर्मी मनबहादुर मुखिया, घिमिरे युवराज, चुन्निलाल घिमिरे, ललित गोले अनि अरुण प्रकाश राई ‘खै नाटक’ शीर्षकको बहसमा समेत भएका थिए ।

 

Advertisement Banner
Previous Post

मुक्तकसंग्रह ‘सधैँ सधैँ’ लोकार्पण

Next Post

कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

Editorial Team

Editorial Team

Next Post
कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

कवि श्याम रिमालको ‘नदी बग्दैन’ कवितासंग्रह लोकार्पण

Recommended

उदयपुर सिमेन्ट उद्योग घोटाला प्रकरण : पूर्वमहाप्रबन्धक पौडेलसँग अदालतले माग्यो १५ लाख धरौटी

2 weeks ago
Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Kathmandu air quality reaches ‘very unhealthy’ level amid pollution spike

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.