Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन

Editorial Team by Editorial Team
January 27, 2026
in Nepal, News, Politics
0
विनोद चौधरीको चुनावी अभियान तीव्र: क्षेत्रीय कार्यालय उद्घाटन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 

नवलपरासी- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ।
सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ। यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो।
समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप-समितिहरू गठन गरिनेछ।
उमेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको छ। ‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले विनोद चौधरी जस्तो उमेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए।
यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन्।

Advertisement Banner
Previous Post

दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Next Post

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस

Editorial Team

Editorial Team

Next Post
भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औं गणतन्त्र दिवस

Recommended

Australia’s sustainable transport future gets $7.9 million boost

Australia’s sustainable transport future gets $7.9 million boost

4 years ago
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

Nepal Cabinet allows carrying INR 200 and 500 notes up to Rs 25,000

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.