काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न ९ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।विभिन्न निकायहरुबाट कालोसूचीमा राख्न भनि लेखि पठाइएकाले सोहीअनुसार विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।तीन वर्षका लागि सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालि, दुई वर्षका लागि काठमाडौंको खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको छ ।
१ वर्ष ६ महिनाको अवधिका लागि कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौंकै प्राकृतिक/कश्यप/समिर जेभीलाई कालोसूचीमा राखिएको छ । १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको प्राकृतिक/कश्यप/समिर जेभीमा रुपन्देहीको प्राकृतिक निर्माण प्रालि, कलंकीको कश्यप निर्माण सेवा तथा सप्लायर्स र नवलपरासीको समिर कन्स्ट्रक्सन रहेका छन् ।
स्तै एक वर्षको अवधिका लागि विभिन्न चार कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ । जसमा कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवा रहेका छन् ।सार्वजनिक खरिद अनुगमन कार्यालयकाअनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
Comments are closed.