Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण’

himalaya Diary News Service by himalaya Diary News Service
February 22, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२०७८ फागुन, ९, अनेसास बोर्ड अफ ट्रस्टि पुरस्कार समितिले आयोजना गरेको सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१, वितरण कार्यक्रममा  ११ जना सर्जकहरू पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यस पटक जुमका माध्यमबाट आयोजना गरिएको हो ।

 

कार्यक्रममा सर्वोत्कृष्ट पुस्तक घोषित भएको ‘मैदारो’ उपन्यासका उपन्यासकार भूपेन्द्र खड्का ‘भूपिन’ लाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०२१ प्रदान गरिएको छ । भूपिनलाई २१सय अमेरिकी डलर नगद पुरस्कार, प्रमाणपत्र र अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।

यसै गरी सन् २०२१ मा स्थापना भएको माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कार २०२१ बाट पुरस्कृत कृतिहरू ‘आमा किरणहरूको छालमा’ कविता सङ्ग्रहका लागि गीता कार्की र ‘वीर्य जमिन’ कविता सङ्ग्रहका लागि बादल चाम्लिङलाई जनही १ हजार अमेरिकी डलर तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । ‘अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कार’बाट ‘वासदेखि पुनर्वाससम्म’ कृतिका लागि डा. लक्ष्मीनारायण ढकाल पुरस्कृत भएका छन् । भुटानमा जन्मेर हाल अमेरिकाको केन्टकी राज्यमा बसोबास गर्ने लेखक ढकाल लाई ११सय अमेरिकी डलर राशिको पुरस्कार प्रदान गरिएको हो ।

 

कार्यक्रममा ११ सय अमेरिकी डलरको ‘अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा’ पुस्तक पुरस्कारबाट भुटानमा जन्मेर हाल अमेरिकाको पेन्सिलभेनिया बसोबास गर्ने कथाकार जे एन दाहाल ‘लेखककी छोरी’ कथासङ्ग्रहका लागि पुरस्कृत भएका छन् ।

 

अनेसास श्याम–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कारबाट ‘पत्थरको देवता’ निबन्धसंग्रहका लागि नेपालका निबन्धकार विद्याप्रसाद घिमिरे एक हजार अमेरिकी डलर तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने सर्लाहीका कथाकार महेश थापा कथा कृति ‘मरीचिका’ का लागि एक हजार अमेरिकी डलर राशिको ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।

 

यस्तै ‘अनेसास प्रा डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार २०२१’ बाट पुरस्कृत कृति ‘निर्वेद’ उपन्यासका लागि धादिङका उपन्यासकार शैलेन्द्र अधिकारीले एक हजार अमेरिकी डलर तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने एक हजार अमेरिकी डलर राशिको ‘अनेसास सीता शर्मा सर्वोत्कृष्ट समालोचना–संस्कृति पुरस्कार २०२१ बाट दाङका सांस्कृतिक खोजकर्ताद्वय डा गोविन्द आचार्य तथा अशोक थारु अमेरिकी डलर एक हजार नगदबाट संयुक्त रूपमा पुरस्कृत भएका छन् । यसै गरी अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत–गजल–हाइकु–मुक्तक पुरस्कारबाट झापाकी गजलकार टीका आत्रेय पौडेल ५ सय अमेरिकी डलर तथा प्रमाणपत्रबाट पुरस्कृत भएकी छिन् ।

 

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासका ट्रस्टीहरूको सदस्यता शुल्कको बैङ्क व्याजबाट हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस पुरस्कारको राशि १५ सय अमेरिकी डलर रहेकामा सन् २०१९ मा २ हजार डलर र यस वर्ष २हजार एक सय डलर हुने गरी पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले थप रकम सौजन्य गरेका हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको लगत्तै अनेसासले सन् २०२१ देखि प्रदान गर्ने गरी घोषणा गरेको माधव घिमिरे सर्वोत्कृष्ट काव्य पुरस्कारको राशिका प्रायोजक बिओटीका अध्यक्ष गीता खत्री तथा ट्रस्टी डा. चूडामणि खनाल हुन् ।

यसै गरी अनेसासका संस्थापक होमनाथ सुवेदीको सम्मानमा सन् २०२१ देखि सञ्चालन गर्न थालिएको अनेसास होमनाथ सुवेदी सर्वोत्कृष्ट डायस्पोरा वाङ्मय पुरस्कारको सौजन्यकर्ता अनेसास बोर्ड अफ ट्रस्टिजका सल्लाहकार रोहिणी शर्मा हुन् । अनेसास दिल–लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार सन् २०१९ देखि प्रदान गर्न थालिएको हो । यसको सौजन्यकर्ता अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं ट्रस्टी जापान निवासी डा. कुमार बस्नेत हुन् । प्रवासमा रहेका नेपाली सर्जकलाई नेपाली साहित्य लेखनमा अभिप्रेरित गर्ने उद्देश्यले डा बस्नेतले आफ्ना पितामाताको स्मृतिमा यो पुरस्कारको सौजन्य गरेका हुन् ।

 

सर्वोत्कृष्ट उपन्यासका लागि प्रदान गरिने पुरस्कार राशिको सौजन्य बिओटीका पूर्व उपाध्यक्ष, पुरस्कार समितिका पूर्व अध्यक्ष एवं बिओटीका पूर्व प्रमुख सल्लाहकार सुमन तिम्सिनाले गरेका हुन् भने सर्वोत्कृष्ट कथाका लागि बिओटीका उपाध्यक्ष पदम विश्वकर्माले पुरस्कार राशिको सौजन्य गरेका हुन् ।

 

निबन्ध विधाका लागि प्रदान गरिने पुरस्कार राशि बिओटीका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार डा. श्याम कार्कीले प्रायोजन गरेका हुन् भने समालोचना, संस्कृति विधाको सर्वोत्कृष्ट कृतिका लागि प्रदान गरिने पुरस्कारको राशि बिओटीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् ।

गजल, मुक्तक, हाइकू र गीत विधाका सर्वोत्कृष्ट पुस्तकका लागि प्रदान गरिने अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुरस्कारको राशि बिओटीका उपाध्यक्ष पुरु सुवेदी र उनकी धर्मपत्नी कल्पना सुवेदीले सौजन्य गरेका हुन् ।

 

पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि प्रा. डा. सावित्री कक्षपतिले अनेसासले प्रवासबाट नेपाली भाषासाहित्यको समृद्धि र विस्तारमा समर्पित भावले कार्य गरिरहेकोमा अनेसासप्रति एक आजीवन सदस्यका हैसियतले आफू गौरवान्वित भएको बताइन् । उनले कोभिडको महामारीका यी पछिल्ला दुई वर्षमा पनि अनेसासले अत्यन्त सक्रिय भएर हरेक हप्ता कार्यक्रम गरिरहनेले प्रवासमा जीवनका लागि विभिन्न रूपमा सङ्घर्ष गरिरहेका नेपालीहरूले भाषा साहित्यप्रति कतिसम्म समर्पित भएर लागेका छन् भन्ने देखिने बताइन् ।

 

कार्यक्रमका सभापति बिओटी अध्यक्ष गीता खत्रीले बिओटीको नयाँ कार्यसमितिको गठन लगत्तै बसेको बैठकले दुई कुरामा सुधार गर्ने लक्ष्य लिएको बताउँदै दुईमध्येको एक पुरस्कारको व्यवस्थापनलाई सुधार गरेको र अब अनेसासको भवन खरिदमा सक्रिय भइरहेको बताइन् । संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्थाको ३१ वर्षको इतिहासमा निकै सुधारका कार्यहरुहुँदै संस्था अघि बढिरहेकामा सबैप्रति धन्यवाद व्यक्त गरे ।

 

कार्यक्रममा बिओटीका प्रमुख सल्लाहकार डा. श्याम कार्की, बिओटी सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, केन्द्रीय सल्लाहकार राम खत्री, केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, केन्द्रीय महासचिव सर्वज्ञ वाग्ले, पुरस्कारका प्रायोजकहरू सुमन तिम्सिना, रोहिणी शर्मा र डा. चूडामणि खनालले पुरस्कृत सबै स्रष्टाहरूलाई बधाई ज्ञापन गरे । पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेती, मूल्याङ्कन समितिका तर्फबाट लीला लुइटेलले मन्तव्य राखेको कार्यक्रममा पुरस्कृत स्रष्टाहरू गीता कार्की र बादलदेवी चाम्लिङले कविता वाचन गरे भने गजल पुरस्कार विजेता टीका आत्रेय पौडेलले गजल वाचन गरिन् । स्रष्टाहरू भूपेन्द्र खड्का ‘भूपिन’, महेश थापा, डा. लक्ष्मीनारायण ढकाल, जे एन दाहाल, शैलेन्द्र अधिकारी र विद्याप्रसाद घिमिरेले आफ्नो लेखनका पृष्ठभूमिबारे बताए ।

 

बिओटी सचिव शिव लामिछानेद्वारा सञ्चालित कार्यक्रममा बिओटी उपाध्यक्ष द्वय पदम विश्वकर्मा तथा पुरु सुवेदीले क्रमशः स्वागत मन्तव्य र धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

Advertisement Banner
Previous Post

वृहत् साहित्य  महोत्सव हुने

Next Post

अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय मातृभाषा दिवस कार्यक्रम सम्पन्न

Recommended

सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण

सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण

4 years ago
अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

अमेरिकी सेना, प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लिनले आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.