लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तक विमोचन

 

लेखक अशोकनाथ तिवारीद्वारा लिखीत तीन पुस्तकको एक साथ् विमोचन भएको छ । कुञ्ज थिएटरमा भएको उक्त विमोचनका तीन पुस्तकहरुले छुट्टाछुट्टै विषयवस्तुलाई प्रस्तुत गरेका छन् । पुस्तक “राजेन्द्रलक्ष्मी“ पृथ्वीनारायण शाहकी जेठी बुहारी एवं प्रतापसिंह शाहकी अर्धाङ्गिनी राजेन्द्रलक्ष्मीको बारेमा छ । दोश्रो पुस्तक “भुवनेश्वरी “ यो चाहिँ पृथ्वीको उत्पती कसरि भयो भन्ने विषयमा लेखिउको छ । तेश्रो पुस्तक “विरासत“ यसले वातावरण र पर्यावरण के कारणले बिनास गरिरहेको छ भन्ने बारेमा लेखिएको छ । प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । पर्यावरण, प्रकृति र ऐतिहासिक विरङ्गनामाथि लेखिएका यी पुस्तक संग्रहणीय र पठनीय रहेको वक्ताले व्यक्त गरेका थिए ।

Comments are closed.