डा.खगराज बरालद्वारा लिखित पुस्तक ‘‘मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोर्कापन भयो । शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकापर्ण समारोहका प्रमुख अतिथी प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्व सचिव किसोर थापा, गिता काफ्लेले संयुक्त रुपमा लोकार्पण गर्नु भयो ।
पुस्तक माथी आफ्नो धारणा राख्ने क्रममा डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन पटक पटक पढ्नु पर्ने र पढे पछि नबिन सिकाई थपिदै जाने बताउनु भयो । यो पुस्तकका विषय वस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनु भयो । यसै गरी किसोर थापाले मालामा नउनिएका पूmलहरू पुस्तक अनुभव र भोगाई पाइने र यस्ता अनुभव तथा भोगाईबाट धेरै सिकाइ गर्न सकिने बताउनु भयो । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रुपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताउनु भयो ।
नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गिता काफ्लेले वैचारिक तथा व्यवहारिक रुपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताउनु भयो । प्राध्यापक डा. जयराज आचार्यले सरलभाषामा गहन अभिव्यक्ती व्यक्त गर्न पुस्तक सक्षम रहेको बताउनु भयो । गैर आख्यान अनुभूति भनिएको पुस्तकको मूल्य ४७५ रहेको छ । शिखा बुक्सद्वारा प्रकाशित पुस्तक हो ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.