२०८० फागुन २४, काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास “परशुराम”को लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपन्यासकार भरत जंगम, कार्यक्रमका सभापति एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समालोचकहरू प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्की, सम्पादक राजकुमार बानियालगायतले उपन्यासको लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भरत जंगमले उपन्यासले पौराणिक पात्र परशुरामका बारेमा धेरै कुराको जानकारी दिने बताउँदै उपन्यास पठनीय भएको धारणा राख्नु भयो । उहाँले उपन्यासकारलाई कलम नरोक्न आग्रह गर्दै पौराणिक विषयमा उपन्यास लेख्न गाह्रो भए पनि किरण आचार्यले अत्यन्त मिठो तरिकाले उपन्यास लेखेको बताउनुभयो । सभापति लेकालीले साहित्यिक पत्रकार संघले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै छिट्टै संघको स्वर्णमहोत्सवको स्मारिका प्रकाशित हुने जानकारी दिनुभयो । कृतिकार किरण आचार्यले परशुराम उपन्यास लेखनका पृष्ठभूमिबारे व्याख्या गर्दै हाम्रा धार्मिक ग्रन्थ र व्यक्तित्वबारे गलत र भ्रमपूर्ण कुराहरू फैलाइएकोले सही कुरा खोजेर लेख्नुपर्ने खाँचो औंल्याउनुभयो । समालोचक प्रमोद प्रधानले पौराणिक पात्र र विषयमा लेखिएको भए पनि उपन्यासले आजको समयलाई पनि सम्बोधन गरेको चर्चा गर्नुभयो । अर्का समालोचक प्रा. डा. गोविन्दमान सिहं कार्कीले उपन्यास रोचक र पठनीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपन्यासका सम्पादक राजकुमार बानियाँ र साहित्यकार कल्पना खरेलले पनि आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । साहित्यकार यादव भट्टराईले संचालन गर्नुभएको सो कार्यक्रममा सङ्गीतकार नरहरि प्रेमीले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, प्राडा. जनार्दन आचार्य, सचिव नीता श्रेष्ठ, पत्रकारहरू जीवराम भण्डारी र ज्ञानेन्द्र कार्की, साहित्यकारहरू विक्रमभक्त जोशी, मन्जिला अनिल, पारस नेपाल, श्रीबाबु कार्की, रुद्र खड्का, कमला रिसाल, प्रा. डा. डिल्लीराज शर्मा पौडेल, लता के. सी., शिव प्रधान (हङकङ), ममता मृदुल, राज रजक, टेकराज शास्त्री, अविकेशर ओली, सरस्वती गौतम, द्वारिका ढुंगाना, पवन बुढाथोकी, अरुण नदी खत्री, उषा के. सी. ईश्वर श्रेष्ठ, ललिता दोषी, नायक एवं साहित्यकार हरिश कल्पित, शदानन्द कडेँल, रश्मि रिमाल लगायतको उपस्थिति रहेको थियो ।
Trending Now
- प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार
- कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा
- The government will establish its own satellite in Nepal and provide Internet through satellite
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
- Jimny Rara Adventure: ‘A Ride with a Cause’ complete
- Secertary-General of BIMSTEC H.E. Mr. Indra Mani Pandey called on Foreign Secretary Ms. Sewa Lamsal at her office today
- विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित
- तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
- Nepali opposition leaders stage protest in parliament demanding formation of an investigation committee against Home Minister Rabi Lamichhane in case of cooperative fraud
Comments are closed.