काठमाडौँ, काठमाडौँ मा आयोजित एक कार्यक्रममा नाटककार लक्ष्मीलोचना बैद्यको नवीनतम् उपन्यास ‘ऋतु’को लोकार्पण गरिएको छ । सिर्जना अभियान समाज र बुक्स हिमालयको संयुक्त आयोजनामा भक्तपुरमा भएको समारोहमा समालोचक खगेन्द्रप्रसाद लुइँटेल, कथाकार धनमान श्रेष्ठ र कलाकार राम केएसीले संयुक्त रूपमा कृतिको सार्वजनिकी गर्नुभयो ।
समालोचक लुइँटेलले आफ्ना चेलीलाई उपन्यासकारको रूपमा पाउँदा खुशी लागेको बताउँदै उनको लेखनले विश्वविद्यालयमा अध्ययनरत् रहँदादेखि चिनेका धेरै छात्राहरूमा स्रष्टा बैद्यको परिचय अझ फराकिलो हुँदै जाओस् भनी कामना पनि गरे ।
कथाकार ध्रुव मधिकर्मीले स्रष्टा बैद्यको उपन्यासको सफलताको कामना गर्दै ऋतु उपन्यासमा एउटी नारीको जीवनका उतारचढाव र साहसलाई मानवीय संवेदनाका साथ प्रस्तुत गरिएको छ भन्नुभयो ।
कलाकार राम केएसीले उपन्यासमा ऋतुको माध्यमबाट समाजका विविध पक्षलाई देखाउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।
उपन्यासकार बैद्यले एउटी नारीको साहस र उसका जीवनमा आइपर्नसक्ने विविध घटनाहरूलाई लिएर उपन्यास लेखिएको बताउनुभयो ।
Comments are closed.