ललितपुर । एक कार्यकर्मको आयोजना गरि साहित्यकार बसन्त चौधरीको बालकवितासंग्रह ‘आहाना’ एक सार्वजनिक गरिएको छ ।
आइतबार ललितपुरको प्रिमियर इन्टरनेसनल स्कुलमा सम्पन्न कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले उक्त कृति लोकार्पण गरेका । कृति कवि चौधरीले नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।
साहित्यकार चौधरीले बालसाहित्यमा यो आफ्नो पहिलो प्रयास भएको बताए । बालसाहित्यलाई व्यापारभन्दा पनि आन्दोलनका रूपमा लिनुपर्ने उनले उल्लेख गरे। उनले बालबालिकामा यस किसिमका साहित्यमार्फत अथाह ज्ञान बाँड्न सकिने बताए ।
प्रिमियर इन्टरनेसनल स्कुलकी प्राचार्य पवित्रा सुब्बाले बालसाहित्यका पुस्तकहरू हरेक विद्यालयका पुस्तकालयसम्म पुग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा जोया महर्जन, सुहाना यादव, दृष्टि महर्जन, हिमा महर्जन, आहाना शाक्य चौधरीले कृतिभित्रका कवितावाचन गरे । पुस्तक कोपिला किताबले प्रकाशनमा ल्याएको हो ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.