धरावासीको निबन्धसङ्ग्रह “अक्षरको आकाश” सार्वजनिक

साहित्यकार कृष्ण धरावासीको निबन्धसङ्ग्रह “अक्षरको आकाश” (२०८०) प्रकाशित गरिएको छ । “राधा” उपन्यासका लागि बिसं २०६२ सालको मदन पुरस्कार प्राप्त धरावासीको यो पाँचौं निबन्धसङ्ग्रह हो । उनको पहिलो निबन्धसङ्ग्रह “बालक हराएको सूचना” विसं २०४८ मा प्रकाशित भएको थियो । त्यसपछि उनका “नारीभित्र त्यस्तो के छ हजुर” (२०५३), “उत्तमजङ्ग सिजापतीको आलु” (२०५५) तथा “आँधी नआउने घर” (२०६७) प्रकाशित भए । उनको “नारीभित्र त्यस्तो के छ हजुर ?” ले उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।

२०४८ सालमा पहिलो कृति बालक हराएको सूचना (निबन्धसंग्रह) प्रकाशन गरी उनी कृतिगत रूपमा नेपाली साहित्यिक यात्रामा प्रवेश गरेका भए पनि “नारीभित्र त्यस्तो के छ हजुर ?” शीर्षकको निबन्ध रेडियो नेपालको साहित्य संसार कार्यक्रममा पटक पटक प्रसारण भएपछि अत्यन्त चर्चित भएको थियो ।

Comments are closed.