दीपेन्द्रराज तिम्सिनाको अनुसन्धानात्मक कृति ‘गुमनाम एक इतिहास बिसे नगर्ची’’ प्रकाशित

दीपेन्द्रराज तिम्सिनाको अनुसन्धानात्मक कृति ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रकाशनमा गरिएको छ । पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीकाे विषयमा गहिरो खाेज, अनुसन्धान गरी दीपेन्द्रराज तिम्सिनाले यो पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

बिसेकाे जन्म स्थल गाेरखा पुगेर उनलाई र उनको सन्तान, छाेरालाई दिएको सनदपत्र, लालमाेहर, बिसेका सन्तानसहित भेटेर गहिराे अध्ययनसहित याे पुस्तक लेखेको लेखक तिम्सिनाले बताए ।

उनले भने, ‘नेपालका पुराना इतिहासकारसँग साेधखाेज गरी किताब लेखिएको छ । विभिन्न समयमा इतिहासकारहरूले लेखेका ऐतिहासिक दस्तावेजमा पनि बिसेले नुवाकोट २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास पाइन्छ ।’

पुस्तककाे प्रकाशक लीला निराैला तिम्सिना रहेकी छन् । ४९ वटा उपशीर्षकमा लेखिए यो पुस्तक दमक स्रष्टा छापाखानाले छापेको हो । पुस्तक १५६ पृष्ठमा फैलिएकाे छ ।

 

यस अघि तिम्सिनाले टेलिफोन डायरी, माेरङकाे सामुदायिक वन एक चिनारी, माेरङकाे क्षेत्र नं २ एक चिनारी, पथरी शनिश्चरे नगरपालिका एक चिनारी, जेसीज दस्तावेजः विगतदेखि वर्तमानसम्म (प्रथम संस्करण), ‘माइखाेलादेखि पुनर्वाससम्म’लगायतका दर्जन पुस्तक लेखिसकका छन् ।

 

Comments are closed.