घिमिरेको ‘गाउँले दसैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दसैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ।

शिखा बुक्सले बजारमा ल्याएको पुस्तकमा घिमिरेले दसैँको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेखेका छन्। दसैँमा नारी, पुरुष र तेस्रो लिंगीलाई वेदको भावार्थले दिने आशिष मन्त्र र त्यसको चुरो भावनाबारे चर्चा गरिएको छ।

पुस्तकले वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दसैँ र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषणलगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्यबारे उजागर गरेको छ। दसैँ र तिहार पर्व कसरी हरेक व्यक्तिको लागि फगत पर्व मात्र नरहेर आफैँलाई पुनः आविष्कार गर्ने अवसर हो भन्नेबारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ।

पुस्तकले तिहार सूर्य सिद्धान्तको महिमा गर्न स्थापित भएको र सूर्य सिद्धान्तअन्तर्गत कसरी हाम्रो सम्पूर्ण शरीर सञ्चालनका ११ं२ प्रणालीहरूको सूर्य सिद्धान्तको दृष्टिकोण प्रस्तुत गरेको छ।

लेखकले प्रवासमा रहेर नेपालका हर्बल, वैदिक खानपानबारे बुझ्ने, त्यसलाई वेद र विज्ञानको अवधारणाअन्तर्गत डिकोड गरी आयुर्वेदिक हिलिंगमा वैदिक खानपान तथा आयुर्वेदिक औषधिमूलोका बारेमा चर्चा गरेका छन्।

Comments are closed.