रोहेज खतिवडाद्वारा अनुवाद ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक लोकार्पण

रोहेज खतिवडाद्वारा अनुवाद ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ नामक पुस्तक पुस्तक लोकार्पण गरिएको छ। नयाँ बानेश्वरस्थित उमोजा कफीमा आयोजना गरिएको एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो।
२१औ शताब्दीको पहिलो साढे दुुई दशकका विशेषताहरू चित्रण गरिएकोे ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमा
वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुटकारा पाउन आममानिसले संघर्ष गरिरहेका छन्। स्वतन्त्रता र निगरानीबीच आममानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’।

किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के. झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरू समेटिएका छन्। पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरू रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन्।

प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरू पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए।
पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुथुंग्री समूहले किताबवाचन र अनुवादकसँग संवाद गरेको थियो। नीलाले क्यालिग्राफी गरेका थिए। द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो।
पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो।
पुस्तकलाई इन्डिगो इन्क प्रालिले बजारमा ल्याएको हो। यसको मूल्य ४४९ रुपैयाँ रहेको छ।

Comments are closed.