Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक

Editorial Team by Editorial Team
December 14, 2025
in Book Releases, Literary Festival & Event, Literature, Nepal, News
0
बुद्धदेवप्रसाद घिमिरेका दुई औपन्यास ‘माटाको माया’ र ‘गोफ्ले गोठालो’ सार्वजनिक
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उपन्यासकार बुद्धदेवप्रसाद घिमिरेका दुई उपन्यास ‘माटाको माया ‘र ‘गोफ्ले गोठालो’ लोकार्पित भएको छ ।
उपन्यास समाजको आयोजनामा भएको उक्त कार्यक्रममा रोचक घिमिरे,प्रा.डा.दयाराम श्रेष्ठ,डा.गोविन्दमान सिंह कार्की,श्रीओम श्रेष्ठ ‘रोदन’ ,शंकर भारती,उपन्यासकार घिमिरे ,उपन्यासकारकी धर्मपत्नि कुसुम घिमिरे लगायतले लोकार्पण गरे ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले यो उमेरमा पनि लेखनीको हुटहुटी बोकेर एकपछि अर्को कृति प्रकाशन गर्ने उपन्यास घिमिरेलाई बधाई दिए ।
उपन्यासकारले उपन्यासका रचना गर्भको सेरोफेरो बारे बताए ।
८४ वर्षिय उपन्यासकार घिमिरेका लोकार्पित कृतिहरुमाथि प्रा.डा.दयाराम श्रेष्ठ र प्रा.डा.गोविन्दमान सिंह कार्कीले परिचर्चा गरे ।
प्रा.डा.श्रेष्ठले माटोको माया माथि टिप्पणी गर्दै उपन्यासले पूर्वी नेपालको तत्कालिन समयको इतिहासको झल्को दिने बताए । उनले उपन्यासको कथा यथार्थ र काल्पनिक पात्रहरु मार्फत अघि बढेको बताए । कृति पठनीय भएकोमा उनको जोड थियो ।
अर्का चर्चाकार प्रा.डा.कार्कीले गोफ्ले गोठालोको चर्चा गरे । उनले टुहरा अन्तरजातिय दुईपात्रहरुको मुख्य कथाबस्तु उपन्यासले बोकेको बताए । उनले अगाडि भने – ‘उपन्यास भुइँमान्छेको कथा हो । गोपाल र असारीको प्रेमकथा हो । सुपात्रै सुपात्रले भरिएको कथाबस्तु भएको उपन्यास पठनीय छ ।’

कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ,डा.तुलसीप्रसाद भट्टराई,विष्णुविभु घिमिरे,रुपेश कोइराला लगायतले शुभकामना मन्तव्य राखे ।

कार्यक्रम उपन्यासकार समाजका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य वियोगी बुढाथोकीले व्यक्त गरेको कार्यक्रमको सञ्चालन माधव चेतनपथले गरेका थिए ।

पञ्चायतकालमा हिमसागर नामले लेख रचना र कृति छपाउने उपन्यासकार पछि सारस्वत घिमिरे नामबाट साहित्यमा परिचित छन् । यसअघि धरतीको क्रन्दन(कवितासंग्रह )र संवैधानिक राजतन्त्रात्मक बहुदलिय साम्यवाद प्रकाशित भैसकेका घिमिरेले गोरेटो र कनकाई लगायतका पत्रिकाहरुको सम्पादन समेत गरेका छन् ।

Advertisement Banner
Previous Post

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

Next Post

गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत

Editorial Team

Editorial Team

Next Post
गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत

गण्डकी प्रदेश नेपाली लेखक संघको अध्यक्षमा दीपक समीप सर्वसम्मत

Recommended

Indian Grand Master R Praggnanandhaa Wins Group ‘A’ Title In Norway Chess Tournament

Indian Grand Master R Praggnanandhaa Wins Group ‘A’ Title In Norway Chess Tournament

4 years ago
Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal received only 21.27 percent of its targeted foreign aid

6 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.