प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक

चर्चित रंगकर्मी प्रवीण खतिवडाको पहिलो कथाकृति ‘अकथ्य’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले कृति लोकार्पण गरेका थिए ।
कृतिमा नौवटा उपशीर्षक छ्न्। सम्धी, बाँकी विद्रोह, पुनर्जन्म, विचारको अन्त्य, प्रयोगशालाको बन्दी, न्याय हराएको, जिजीविषा, एन एक्टर्स प्रिपरेसन र सारा बन्धन तोडी।
कार्यक्रममा सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे ।
साहित्यकार सगुना शाहले कृतिभित्रका कथाहरू गम्भीर र गहन भएको चर्चा गरे । कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म आफ्नो सहकार्य हुँदै आएको उल्लेख गरे ।
शाहले खतिवडाले सीमान्तकृतहरूको आवाजलाई कथामा समेटेको बताइन्। ‘कथामा महिलालाई विरोधी पात्रका रूपमा उभ्याइएको छ। कथाका महिला पात्र थारू समुदायका छ्न्’, उनले भनिन।

 

Comments are closed.