लक्ष्मी पोखरेलको लघुकथासंग्रह ‘कसका लागि’ लोकार्पण

काठमाडौं । साहित्यकार लक्ष्मी पोखरेलद्वारा लेखिएको लघुकथाकृति ‘कसका लागि’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै कृति सार्वजनिक गरेको हो । कार्यक्रममा साहित्यकार प्रा. कविराज न्यौपाने, साहित्यकार विवश पोखरेल, मधु पोखरेल, गंगा सुवेदी लगायतले कृति संयुक्तरूपमा सार्वजनिक गरे ।
कृतिमाथि बोल्दै प्रा.डा. हरिहर भण्डारी र साहित्यकार भूषण ढुंगेलले पुस्तकको चिरफार गरेका थिए ।

Comments are closed.