Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

Editorial Team by Editorial Team
April 12, 2026
in Book Releases, Literature, Nepal, News
0
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-कथाकार लक्ष्मी शर्माको पहिलो कथाकृति ‘हजुरआमा’ लोकार्पण गरिएको छ । शनिबार नेपाल स्रष्टा समाजद्वारा काठमाडौंमा  आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज कथाकार भागीरथी श्रेष्ठलगायतले कृति सार्वजनिक गरे ।
कृति सार्वजनिक गर्दै श्रेष्ठले ‘हजुरआमा’भित्र रहेका कथाहरूले आफूलाई आकर्षित गरेको बताइन् । श्रेष्ठले भनिन्, “कथा पढ्दा मेरी हजुरआमालाई सम्झेर म खुब रोएँ । लक्ष्मी बहिनी राम्रा कथाहरू लिएर कथाको उज्यालोमा प्रवेश गर्नुभएको छ । उहाँलाई शुभकामना छ ।”
कृतिमाथि समीक्षा गर्दै शेषनाथ पौडेलले लघु आयाममा लेखिएका ‘हजुरआमा’भित्रका कथाहरूमा नारी पात्रको बाहुल्यता रहेको बताए । उनले यो कथाकृति पारिवारिक जीवनको अभिलेख भएको उल्लेख गरे ।
अर्का समीक्षक चुडामणि पौडेलले कृतिकारले समाजमा देखे भोगेका सन्दर्भलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेको बताउँदै कृतिका कथाहरूमा महिलाका कथा व्यथा प्रस्तुत भएको चर्चा गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कथाकार शर्माको एउटा अर्को सन्तानको जन्म भएको उल्लेख गर्दै उनका कथा शालीन र सरल भएको बताए ।
कार्यक्रममा कथाकार शर्माले आफ्नो लेखन यात्राबारे बोलिन् । उक्तअवसरमा डा. दीनबन्धु शर्मा, केशव पराजुली, तारा सुवेदीले बोलेका थिए ।

Advertisement Banner
Previous Post

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

Next Post

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

Editorial Team

Editorial Team

Next Post
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

Recommended

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य सङ्गमको १७ ओैँ शृङ्खला सम्पन्न

7 months ago
RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

District court stalls govt move to withdraw Lamichhane charges

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.