भूगोल साहित्य समाजको आयोजनामा पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक कार्यक्रमबीच मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति संस्कृतिविद् डा.जगमान गुरुङ रहनुभएको उक्त कार्यक्रममा लोकार्पित कृतिका बारेमा कवि एवम् निबन्धकार मित्रलाल पंगेनीले समीक्षात्मक टिप्पणी गर्दै कृतिका बलिया र कमजोर पक्षबारे आफ्नो धारणा राख्नु भएको थियो । पूर्व सहायक मन्त्री दीनबन्धु अर्याल, ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङजाका अध्यक्ष देबेन्द्र लम्साल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आ(आफ्ना सम्बोधन मार्फत कृतिकारलाई शुभकामना दिनुभएको थियो । कृतिकार मुकुन्द अर्यालले कृतिको रचनागर्भ बारे जानकारी गराउनु हुँदै कार्यक्रममा उपस्थित हुने र आफूलाई लेखनमा उत्प्रेरणा र सहयोगदिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव दामोदर रेग्मी, समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ र उद्धव खनाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा आगन्तुकको स्वागतमा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार राजेश खनालले गर्नुभएको थियो ।
कविको रूपमा पहिचान बनाइसक्नुभएका अर्यालको यो चौथो कृति र उपन्यास पहिलो हो । यसअघि उहाँका दुई कवितासङ्गह र एक लघु उपन्यास प्रकाशित छन् ।।
Trending Now
- Nepal-Tibet border earthquake: Death toll reaches 126, 188 injured
- School Building of Shree Bhimgithe Secondary School, Baglung built with Government of India’s financial assistance formally handed over to School Management Committee
- भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
- सार्वजनिक यातायातको भाडा बढ्यो
- विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कवितासङ्ग्रहको सार्वजनिक
- नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो
- नवराज रिजालको ‘लौ भन्नोस् त !’ कथासंग्रह प्रकाशित
- नागरिकका गुनासोप्रति संसदीय समिति निरपेक्ष रहन मिल्दैन’: गृहमन्त्री रमेश लेखक
- ओलीमाथि रावलको आक्रोश–तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ
- Canadian Prime Minister Trudeau resigns
Comments are closed.