Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

Editorial Team by Editorial Team
December 12, 2025
in Book Releases, Literature, Nepal, News
0
निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ--सभ्यता अन्वेषण केन्द्रले कवयित्री निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रहकाे लाेकार्पण गरेकाे छ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती र मञ्चमा रहेका विशेष अतिथिहरू प्राडा जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षित, प्राडा हेमनाथ पौडेल, प्राडा देवी नेपाल तथा कवयित्री विमला तुम्खेवाले कृतिको लाेकार्पण गरेका थिए।
विमोचनपछि बोल्दै प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदनशीलता र भावनात्मक गहिराइको सशक्त प्रस्तुति भएको उल्लेख गरे।


उनले २०७८ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमै चन्दको काव्य–क्षमताप्रति आफू प्रभावित भएकाे उल्लेख गर्दै भने, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमन चिर्ने शक्ति छ।”
उनका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीक मार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायको आवाज काव्यात्मक ढङ्गले उठान गरेको संकेत गर्दछ।
कार्यक्रममा प्राडा गिरी, प्रा. उपाध्याय, प्राडा पौडेल, प्राडा नेपाल तथा तुम्खेवाले कवयित्री चन्दका कविताका जीवनका उतारचढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध आयामबारे प्रकाश पारे।
समारोहमा कवयित्री चन्दले आफ्नाे कविता लेखनयात्राबारे प्रकाश पारेकी थिइन्।
कवयित्री निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी एक सक्रिय र चर्चित समकालीन कवयित्री मानिन्छन्। यसअघि प्रकाशित साइनो (२०७६), निरूको निरूपण (२०७७) तथा पत्रपत्रिकामा फुटकर कविताका माध्यमबाट उनले काव्य–मञ्चमा पहिचान स्थापित गरिसकेकी छन्।
२०७७ को लुम्बिनी प्रदेश कविता प्रतियोगितामा पहिलो, २०७८ को प्रज्ञाप्रतिष्ठान राष्ट्रिय कविता महोत्सवमा तेस्रो तथा २०८० को साहित्य सदन राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गर्दै उनी निरन्तर साहित्यिक यात्रामा स्थापित हुँदै छिन्। रत्न पुस्तक भण्डारले छापेको कृतिको मूल्य रु. ३९५ रहेको छ।

Advertisement Banner
Previous Post

Chandra wins bronze medal at IBA Men’s World Boxing

Next Post

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

Editorial Team

Editorial Team

Next Post
‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

Recommended

बाराको सिमरा आज पनि अशान्त

बाराको सिमरा आज पनि अशान्त

2 months ago
दुई स्रष्टा सम्मानित

दुई स्रष्टा सम्मानित

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.