‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ ग्रन्थ सार्वजनिक

काठमाडौँः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्व कुलपति, उपकुलपति र प्राज्ञहरूले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिहरू, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञहरूको उपस्थिति रहेको थियो । उक्त ग्रन्थ प्राज्ञ शशि लुमुम्बूले सम्पादन गरेका हुन्।् ।

Comments are closed.