रामेश्वरी पन्तको ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’ सार्वजनिक

काठमाडौं । रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकापर्ण सम्पन्न भएको छ ।
शिखा बुक्सद्वारा प्रकाशित पुस्तकमाथि प्रा.डा. वीणा पौडेल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर न्यौपानेले समीक्षा गर्नुभएको थियो । पुस्तकमाथि बोल्दै प्रा.डा. विणा पौडेलले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्व र शोषणलाई गहन र सृजनशील शैलीमा लेखिएकोले संस्कृतिमाथि अध्ययन गर्नलाई मात्र होइन, सबैको लागि उपयोगी हुने बताउनु भयो ।
त्यसै, उप-प्रा.डा. उप्रेतीले स्वस्थानी र त्यसमा रहेका नारी पात्रमाथि चुनौतीलाई सहज र व्यवहारिक रुपमा किताब आकार दिएर ठूलो चुनौती सामना गर्नुभएको बताउनुभयो ।उहाँले समाजशास्त्रीय रुपमा पनि पुस्तक उत्कृष्ट रहेको बताउनुभयो ।
पत्रकार तथा लेखक न्यौपानेले सबै वर्ग र क्षेत्रका उपयोगी रहेको पुस्तक सबैले पढ्न अनुरोध गर्नुभयो ।
शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । किताबको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

Comments are closed.