काठमाडौँ , नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा विशेष अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरले उक्त कवितासंग्रह लोकार्पण गरे । कार्यक्रममा बोल्दै कुँवरले `कवि रामेश्वरी पन्तको कविता बहुआयामिक रहेको र यसले विशेषगरी महिलाका आवाजलाई मुखरित गरेको बताए । पन्तका कविताले समाजको कठघरामा उभिएर महिलामाथि भएका सामाजिक, धार्मिक एवं सांस्कृतिक विभेदविरुद्ध खरो आवाज उठाउनुका साथै भ्रष्टाचारविरुद्ध पनि बोलेको टिप्पणी गरे ।
कार्यक्रममा पन्तका कविताकृतिमाथि प्राध्यापक लेखप्रसाद निरौला र कवि भारती न्यौपानेले समीक्षा गरेका थिए । प्राध्यापक निरौलाले भने, `पन्तका कविताको विशालता बुझ्न सानो अध्ययनले नपुग्ने रहेछ । उहाँका कवितामा खरो विद्रोह मात्र नभएर जीवनदर्शन, मातृत्व, मायाप्रेम र देशप्रतिको जिम्मेवारी उत्तिकै मुखरित भएको छ ।´
अर्की समीक्षक न्यौपानेले रामेश्वरी पन्त विकृति, विसंगित र विभेद विरुद्धको एउटा सशक्त आवाज हो भन्दै उनका कविताले ती आवाजलाई बुलन्द पारेको उल्लेख गरिन् । ६४ वटा कविता संग्रहित कृतिको मूल्य ३२५ रुपैयाँ रहेको छ ।
Trending Now
- कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
Comments are closed.