काठमाडौँ । कवि मिमबहादुर परियारको पहिलो कवितासंग्रह ुकर्नाली हाँस्दो छु सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको छ ।
समता फाउन्डेसनको प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो । कवितासंग्रह भित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ ।
कवि परियारका अनुसार ुकर्नाली हाँस्दो छु दलितको आवाज हो, कर्णलीको आवाज हो र विद्रोहीको आवाज हो । समग्रमा कर्नाली हाँस्दो छ, दलित आन्दोलनको एक हिस्सा पनि हो ।
कवितासंग्रहको शिर्ष कविताकै नामबाट संग्रहको नामकरण गरिएको छ । यस संग्रहभित्र जातीय छुवाछूत विरुद्ध लेखिएका कविता अधिकांश छन् भने केही कविता कर्नालीका पीडा सम्भावना र कालापहाड ,वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ । केही कविताले कम्युनिस्ट आन्दोलनको विचलित पक्षलाई उजागर गरेको छ । केही कविताले पृतिसत्तामाथि धावा बोलेको छ ।
प्रस्तुत संग्रहमा समावेश कविताहरु रुकुम नरसंहार पछि लेखिएका हुन् । धेरै कविताहरुमा आक्रोश झल्किएको छ, पीडा पोखिएको छ । त्यसको साथसाथै चेतना , चेतावनीको सन्देश बोकेका छन् । कर्नाली हाँस्दो छ प्रेमिल भाव बोकेको कविता होईन । यसमा प्रकृति प्रेमको वर्णनन् पनि छैन ।
यसमा छन् त केवल दलितका पीडा,सपना,रहर र सामाजिक रुपान्तरणको मोह छ । ुकर्नाली हाँस्दो छुका कविताहरु विभिन्न जातीय छुवाछूतका घटनाक्रममा लेखिएका हुन् । जस्तैः जातको आधारमा जब दीपा नेपाली , रुपा सुनारहरु भाडाका कोठाबाट निकालिन्छन् । तब देशमा जातवादीहरु ‘तिमी कोटा छोड हामी कोठा दिन्छौं’ भन्दै कोटा र कोठाको बहस चलिरहँदा , आरक्षण, खाली कोठा, लेखिएको हो ।
त्यस्तै नवराज विकको हत्याकाण्ड पछि आजको समाचार लेखिएको हो। फर्जी तमसुक र मिटर ब्याजिको समस्या समाजमा चलिरहँदा कालसिंह दमाईको तमसुक लेखिएको हो । प्रत्येक कविताका आफ्नै कथाव्यथा रहेको छ तर उदेश्य भने साझा छ । सामाजिक रुपान्तरणको सपना छ , रहर छ र विभेद रहित नेपालको चाहाना छ ।
Trending Now
- हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक
- पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
- २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने
- राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
Comments are closed.