मुकुन्द पौडेलको मुक्तक कृति ‘मन मूर्छना’सार्वजनिक

काठमाडौं । कवि साहित्यकार मुकुन्द पौडेलको नवीनतम मुक्तककृति ‘मन मूर्छना’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको मुक्तकले आजको समयको यथार्थलाई प्रतिबिम्बन गरेको बताए । कार्यक्रममा साहित्यकार घनेन्द्र ओझा र केदारनाथ खनालले लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला र रामकाजी कोनेले कृतिकारलाई शुभकामना दिए । उक्त अवसरमा कृतिकार पौडेलका साथै पुरुषोत्तम दाहाल र रमेश पौडेलले बोलेका थिए ।

Comments are closed.