पोख्रेल र उप्रेतीको ‘चिराइतो’ र ‘नवशिला’ मुक्तकसंग्रह सार्वजनिक

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारकाठमाडौँमाँ आयोजित एक कार्यक्रममा नवराज पोखरेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ र बद्री उप्रेतीको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लोकार्पण गरिएको छ।
नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ सहित्यकार तथा पत्रकार वियोगी बुढाथोकी प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ कवि एवं मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका अध्यक्ष कलानिधि दाहाल र वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा हुनुहुन्थ्यो। लोकार्पित कृति चिराइतो मुक्तकसङ्ग्रहका समीक्षक वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की र नवशिला मुक्तकसङ्ग्रहकी समीक्षक साहित्यकार ममता मृदुल हुनुहुन्थ्यो ।
विमोचित कृति ‘चिराइतो’ मुक्तकसङ्ग्रहको समीक्षा प्रा. डा. गोविन्द मानसिंह कार्की र ‘नवशिला’ मुक्तकसङ्ग्रहको समीक्षा ममता मृदुलले गर्नुभएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्रत्रकार , समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको उपस्थिति रहेको थियो।

Comments are closed.