शिफ्लिशद्वारा लिखित ‘लेस फियर माेर ह्यापिनेस’ काे अनुवाद ‘थाेरै डर धेरै खुसी’  पुस्तक सार्वजनिक

काठमाडौं- चाबहिलस्थित सगरमाथा एजुकेसनल एकेडेमीमा हङेरियन लेखक ओलिभर शिफ्लिशद्वारा लिखित ‘लेस फियर माेर ह्यापिनेस’ काे नेपाली अनुवाद ‘थाेरै डर धेरै खुसी’  पुस्तककाे विमोचन भएको छ।

यस पुस्तककाे अनुवाद भोजकुमार धमलाले गरेका हुन्। उनी साहित्य समालोचक तथा कवि पनि हुन्। धमलाले अंग्रेजी कविता सङ्ग्रह ‘सेल्फिस सिटी’ प्रकाशन गरेका छन्।

नारायणप्रसाद सापकोटा, अनुवादक भोज कुमार धमला, सम्पादक अनुप खड्का र पुस्तकका लेखक ओलिभर शिफ्लिशले पुस्तकको बारेमा प्रकाश पारेका थिए।

अनुवाद आफैंमा जटिल विषय भएता पनि यस पुस्तक अनुवादका क्रममा सकेसम्म पुस्तकको मूल आशयलाई जस्ताको तस्तै उतार्न खोजेको कुरा अनुवादक धमलाले बताए।

विमाेचन कार्यक्रममा विद्यालयका छात्रछात्रा, शिक्षक एवं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। लेखक ओलिभर शिफ्लिशले विद्यालयको पुस्तकालयको लागि ५ थान पुस्तक पनि प्रदान गरेका थिए।

Comments are closed.