कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा, श्रीधर गौतमलगायतले राजभण्डारीका तीन अंग्रेजी कृति ‘इटर्नल भिजिलेन्स’, ‘द बर्ड अफ प्याराडाइज’ र ‘ब्रायर रोज’ संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि उप्रेतीले आफूले पाण्डुलिपि पढ्ने अवसर पाएको बताउँदै कविले संवेदनालाई सशक्त ढंगले प्रस्तुत गर्ने कलाले प्रभावित भएको बताए। सबै सिर्जनाले जीवनको महत्त्व बुझाउने उनको भनाइ थियो। नेपाली साहित्यका लागि तीनवटै संग्रह महत्त्वपूर्ण रहेको उप्रेतीले बताए।
‘इटर्नल भिजिलेस’माथि प्राध्यापक सिग्देल, ‘द बर्ड अफ प्याराडाइज’माथि मोहनप्रसाद लोहनी र ‘ब्रायर रोज’माथि पद्म देवकोटाले समीक्षात्मक धारणा राखे।
कवि राजभण्डारीले आफूभित्रको भावना शब्द बनेर कवितामा अभिव्यक्त भएको बताइन्। २०४७ देखि कृति प्रकाशन गर्न थालेको र यसमा परिवारले महत्त्वपूर्ण साथ दिएको उनले उल्लेख गरिन्। कार्यक्रममा उनले केही कविता वाचनसमेत गरिन्।
करिब ६ दशकदेखि साहित्यमा सक्रिय राजभण्डारीका यसअघि ‘जीवन यात्राका छायाँहरू’, ‘दीपशिखा’, ‘अपराजिता’, ‘सर्वस्व तिमी’, ‘गुन्जिरहोस् अपार’लगायतका दर्जन बढी नेपाली कृति प्रकाशित छन्। त्यस्तै, ‘अनटिल्ड द ओसन ब्लेड’, ‘यु मे अल’, ‘लभ ड्रप्स’लगायतका अंग्रेजी कवितासंग्रहसमेत प्रकाशित छन्।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.