चितवन, २०८० वैशाख । समीक्षक रमेश प्रभातको निसमालोचना कृति ‘अलिकति फरक कुरा’ सार्वजनिक गरिएको छ । समीक्षक रमेश प्रभात, प्रकाशक रेखा श्रेष्ठ, कवि प्रकाश चापागाईं, कवि तथा आख्यानकार एल् बी क्षेत्री, अन्वेषक कर्ण बानियाँ तथा कवि एवम् निबन्धकार सृजन लम्सालले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरिएको थियो।
उक्त कृतिका बारेमा सरोज दवाडीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले यस कृतिमा प्रयोग भएको भाषा र शैलीको प्रशंसा गरेका थिए । त्यस्तै कवि सुरेन्द्र अस्तफलले कृतिका बारेमा पाठकीय टिप्पणी गरेका थिए । एल् बी क्षेत्रीले यो कृति समीक्षा हो कि समालोचना भन्ने प्रश्न उठाएका थिए ।
उक्त कार्यक्रममा समालोचक एकनारायण पौडेलले निसमालोचना के हो ? समालोचना र निसमालोचनाको अन्तर के हो ? भन्ने कुरामा प्रकाश पार्दै उक्त कृतिका बारेमा छोटो टिप्पणी गरेका थिए ।
प्रमुख अतिथिको भूमिकामा रहेका कवि प्रकाश चापागाईंले आफू कवि भएको कुरा गर्दै समालोचनामा त्यति रुचि नभएको कुरा गरे । कृतिकार रमेश प्रभातले आजको समालोचना पाठकमैत्री नभएको हुनाले निसमालोचना लेख्नुपरेको कुरा गरे । यसमा सिर्जनाको सुवास हुने कुरा पनि प्रस्ट पारे ।
सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व कवि एवम् निबन्धकार सृजन लम्सालले गरेका थिए भने सहजीकरण लेखराम सापकोटाले गरेका थिए ।
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.