सरित् को “एकमुठी घाम” सार्वजनिक

२०८१ असार ४
काठमाडौँ स्थित पुतली सडकको सहारा क्याफेमा आयोजित एक कार्यक्रममा आख्यानकार इन्द्रकुमार श्रेष्ठ सरित् को लघुकथासङ्ग्रह ” एकमुठी घाम” सार्वजनिक गरिएको छ। साहित्यकार दील पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले साहित्यकार सरित् का रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको र विमोचित कृतिमा युग चेतना र समय चेतना प्रवल रूपमा रहेको बताउँदै आगामी दिनमा स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गर्नु भयो ।
प्राडा गोपीन्द्र पौडेल, डा शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र डा. पुष्करराज भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । प्राडा पौडेलले विमोचित कृतिका स्रष्टा सरित् बहुमुखी प्रतिभाका धनी भएको र उनी विशेषत: नेपाली साहित्यमा आख्यान लेखनमा अग्रणी रहेको र अब लघुकथा लेखनमा पनि उनको आगमन हुनु सुखद् रहेको कुरा बताउनु भयो । वक्ताहरूले पनि सरित् को करीब पाँच दशक लामो साहित्य साधनाको बारेमा प्रकाश पार्दै विमोचित कृतिले वर्तमान भ्रष्ट राजनीतिलाई उधिनेको कुरा उल्लेख गर्नुभएको थियो।
विमोचित कृति ” एक मुठी घाम ” लघुकथाका स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् स्वयम् ले पनि आफ्नो साहित्यिक यात्रा र उक्त कृति तयार पार्दाको आफ्नो अनुभव साझा गर्नु भएको थियो।
कार्यक्रमका आयोजक सुभाना भिडिया प्रालिका प्रवन्ध निदेॅशक एवम् पत्रकार शिव विक मिलनले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सुभाना मिडिया प्रालिको तर्फबाट साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् लाई “सुभाना आख्यान सम्मान – २०८१” बाट सम्मानित गरिएको थियो ।

Comments are closed.