काठमाडौँ — सुरेन्द्र सिटौलाको नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच पूर्वमन्त्री महेश आचार्य, प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरे तथा लेखक तथा समालोचक गोविन्द भट्टराईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो।
वाग्मती बोर्डिङ स्कुलको आयोजनामा भएको उक्त कार्यक्रममा पुस्तकमाथि बोल्दै पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना शिक्षा दर्शन चेतना र अनुभवको सँगालो भेटिने बताए। ‘कविको चेतनामा परिष्कार भावना र अनुभूति रहेको छ’, उनले भने।
त्यस्तै घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे। ‘औसत सर्जकहरूको आँखामा, अनुभूतिमा नपरेका. त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो,’ घिमिरेले भने।
भट्टराईले वर्तमान स्थितिमा हाम्रो देश अनेक प्रकारहको विभाजन, विद्रुपता, विसंगति र विवेकहीनताले व्याप्त रहेको समयमा यी कविता यस्तो वर्तमान समाजमा केही उज्यालो पुर्याउन सकिन्छ कि भनी चेतना-चिराग बोकेर हिँडेको कविका सन्देश जस्ता लाग्ने बताए। कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे। पुस्तकमाथि कलाकार मनोज गजुरेललगायत अन्य व्यक्तिले पनि टिप्पणी गरेका थिए।
Trending Now
- सुरेन्द्र सिटौलाको ‘स्वर्गको बस्ती’ कवितासंग्रह लोकार्पण
- बस्नेतको हास्यव्यङ्ग्य ‘भताभुङ्गे चाला’ सार्वजनिक
- China is building the most powerful machine gun in human history
- Successful test of the world’s longest and tallest ‘Megatrol’ at ‘The Cliff’ in Kushma
- Israeli drone strike kills 3 Palestinians
- Los Angeles wildfire kills five, damages more than 1,000 homes.
- Nepal’s first choice in BRI: Tokha-Chhahare Tunnel and Kimathangka-Khandbari Road
- हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग संचालनमा
- पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी
- शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित